• जीवनशैली | Jiwanshaili
  • एकै दिन थप सात देशमा कोरोना, सङ्क्रमित देशको सङ्ख्या ५९ पुग्यो


    फागुन १६, काठमाडौँ ।

    विश्व व्यापी महामारीको प्रकोप लिएको नोवल कोरोना भाइरस एकै दिन थप सात देशमा फैलिएको छ । शुक्रवार युरोपका तीन देश, एसिया,अफ्रिका, ओसियाना,र उत्तर अमेरिकाकाका १ -१ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको हो । युरोपका तीन देशमा आइसल्यान्ड, लुथानिया र बेलारसमा एक -एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

    यस्तै एसियन मुलुक अजरबैजानमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अफ्रिकन मुलुक नाइजेरियामा, ओसियानामुलुक न्युजिल्याण्ड र उत्तर अमेरिकन मुलुक मेक्सिकोमा एक -एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै विश्वका ५९ राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस