• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरसको सङ्क्रमण ६० देशमा, शुक्रबार ६५ को मृत्यु (सूचि सहित)


    कोराना भाइरसको सङ्क्रमण ६० देशमा पुगेको छ । शुक्रवार थप ८ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिए पछि कोरोना भाइरसको सङ्क्रमण ६० देशमा पुगेको हो ।
    विश्व व्यापी महामारीको प्रकोप लिएको नोवल कोरोना भाइरस एकै दिन थप आठ देशमा फैलिएको छ । शुक्रबार युरोपका चार देश, एसिया,अफ्रिका, ओसियाना,र उत्तर अमेरिकाकाका १ -१ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको हो । युरोपका तीन देशमा आइसल्यान्ड, मोनाको,लुथानिया र बेलारसमा एक-एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यस्तै एसियन मुलुक अजरबैजानमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अफ्रिकन मुलुक नाइजेरियामा, ओसियानामुलुक न्युजिल्याण्ड र उत्तर अमेरिकन मुलुक मेक्सिकोमा एक -एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै विश्वका ६० राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

    चीनमा ४७ को मृत्यु

    कोरोना भाइरसका कारण चीनमा शुक्रबार थप ४७ जनाको ज्यान गएको छ । यस अघि २ हजार ७ सय ८८ जनाको ज्यान गएकोमा शुक्रबार यो संख्या बढेर २ हजार ८ सय ३५ पुगेको हो ।
    चीनमा कोरोनाभाइरसका थप ४सय २८ बिरामी पहिचान गरीएको छ । यो संगै भाइरस संक्रमितको संख्या ७९ हजार २ सय ५२ पुगेको छ । चीनमा हाल सम्म ३९ हजार २० जना संक्रमित ठिक भएर घर फर्किसकेका छन । भने ३७ हजार ३ सय ९७ जना विरामी उपचार गराइरहेको बताईएको छ। जस मध्ये ७ हजार ९ सय ५२ जनाको अवस्था गम्भिर रहेको पाईएको छ ।

    चीन बाहिर १८ जनाको मृत्यु

    कोराना भाइरस सङ्क्रमित मध्ये शुक्रवार मात्रै चीन बाहिर १८ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा शुक्रवार थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।यस्तै इटलीमा शुक्रवार ४ जनाको मृत्यु भएको छ भने इरानमा ८ जनाको ज्यान गएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ । यो सँगै इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । यसै गरी जापानमा एक र योकोहामामा रहेको डायमन्ड प्रिन्सका सङ्क्रमित मध्ये दुई जनाको मृत्यु भएको छ।

    चीन बाहिर ३८ देशमा १०९३ जनामा कोरोना सङ्क्रमण

    शुक्रवार चीन बाहिर ३८ देशमा १ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । शुक्रवार दक्षिण कोरियामा सबै भन्दा बढी ५सय ७१ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएकाका छन् । यस्तै इटलीमा २सय ३४ जना, इरानमा १ सय ४३, जापान र फ्रान्समा १९ -१९ जना,जर्मनीमा ११, स्पेनमा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण थप भएको पाइएकोको छ । यसै गरी स्विजरल्याण्डमा ७ र बहराइनमा ५ जनामा करोनाभाइरस सङक्रमित थपिएका छन् । यस्तै युके स्विडेन र इजरायलमाथि ४-४ जना कोरोना भाइरस सङक्रमितको पहिचान गरिएको छ । युएसए र मलेसियामा ३-३ जनामा कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । कुवेत, ताइवान, अस्ट्रेलिया, नर्वे, क्रोएसिया, रोमानिया र मेक्सिकोमा थप २-२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यस बाहेक हङकङ,थाइल्यान्ड, क्यानडा, इराक, अस्ट्रिया, ग्रिस, लेबनान, फिनल्यान्ड,डेनमार्क, जर्जिया, नेदरल्याण्ड,अजरबैजान, बेलारस,नाइजेरिया , न्युजिल्याण्ड, मोनाको, लुथानिया र आइसल्यान्डमा थप एक एक जना कोरोना भाइरस सङ्क्रमितको पहिचान गरिएको छ ।

    यी १० देश जसले कोराेनालाई रोक्न सफल भए

    हाल सम्म ६० देशमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि यी १० देशले भने कोरोना भाइरसको प्रकोप रोक्न सफल भएका छन् । कोरोना बाट सबै भन्दा पहिले चीन बाट बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको थियो। तीन जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने बाँकी २ जना ठिक भएर घर फर्किसकेका छन् । यस्तै गरी भियतनाममा १६ जना बिरामी पुरै ठिक भएका छन् भने भारतमा तीन जनामा सङ्क्रमण देखिएकोमा सबै बिरामी ठिक भएको बताइएको छ । यसै गरी २- २ जनाको सङ्क्रमण भएको रसिया र स्पेनका सबै बिरामी ठिक भएर घर फर्किसकेका छन् । यस बाहेक बेल्जियम, नेपाल, कम्बोडीया, इिजिप्ट र श्रीलङ्का मा एक एक जनामा सङ्क्रमण देखिए पनि हाल सबै जना स्वस्थ्य भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस