चीनबाट फर्केका मङ्गोलियाका राष्ट्रपति क्वारेन्टाइनमा

भर्खरै चीन भ्रमण गरेर फर्केका मङ्गोलियाका राष्ट्रपति खल्ताम्यागिन बटुल्गा १४ दिन क्वारेन्टाइनमा बस्ने भएका छन् । महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरसबाट गुज्रिरहेको चीनको भ्रमण पछि आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रपति खल्ताम्यागिन बटुल्गा क्वारेन्टाइनमा बसे पछि मात्रै घर जाने भएका हुन् । उनी आगामी १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । उनले भर्खरै चीनको भ्रमण गरेर फर्किएका हुन् । यद्यपि हाल सम्म मङ्गोलियामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन ।
राष्ट्रपति बटुल्गा करोनाभाइरसको जोखिमको मध्य नजर गर्दै क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण पछि मात्रै नियमित कार्य गर्ने बताइएको छ । विश्व व्यापी महामारीको प्रकोप लिएको कोरोना भाइरसबाट ६१ देशमा फैलिसकेको छ भने ८५ हजार भन्दा बढी मानिसहरू प्रत्यक्ष सङ्क्रमित भएका छन्। यो महामारीबाट हाल सम्म २९ सय भन्दा बढीले ज्यान नै गुमाउनु परेको अवस्था छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस