काेराेना कहरः शनिबार थप ५४ काे मृत्यु, ६४ देशमा संक्रमण

विश्वब्यापी प्रकोपको महामारीको रुप लिएको नोवल कोरोना भाइरसका कारण शनिबार थप ५४ जनाको ज्यान गएको छ। भने एक हजार ९ सया ७९ जना ब्यक्तिमा भाइरसको संक्रमण देखिएको छ । चीनमा मात्रै कोराना भाइरसले शनिबार ३५ जनाको ज्यान लिएको छ । यसै गरी ईरानमा ९ जना, इटलीमा ८ जनाको ज्यान गएको छ। यस्तै अमेरिकामा एक जनाको मृत्यु भएको छ भने दक्षिण कोरियाले पनि आफ्नो एक नागरिकको मृत्यु भएको बताएको छ । यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या ८६ हजार ६ सय तीन पुगेको छ । यस्तै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७७ पुगेको छ ।
इटलीमा थप ८ जनाको ज्यान गयाे
इटलीमा कोरोना भाइरसका कारण शनिबार थप ८ जनाको ज्यान गएको छ। भने थप एक हजार २ सया ३९ जना ब्यक्तिमा भाइरसको संक्रमण देखिएको छ । यो संगै इटलीमा कोरोना भाइरसको संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । यस्तै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
ईरानमा थप ९काे मृत्यु
विश्व व्यापी महामारीको प्रकोपको रुप लिएको नोवल कोरोना भाइरसका कारण इरानमा शनिबार थप ९ जनाको ज्यान गएको छ । यो संगै नोवल कोरोना भाइरसका कारण ईरानमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । शुक्रबार सम्म ३४ जनाको मृत्यु भएको थियो । आज शनिबार थप २सय ५ जना नयाँ संक्रमित थपिए पछि ईरानमा कोरोना भाइरसका संक्रमितको संख्या ५९३ जना पुगेको छ।
अमेरिकामा पनि कोरोना भाइरसले लियो ज्यान
विश्वव्यापी प्रकोपको महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । अमेरिका का वासिङ्टन राज्यका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । यो सँगै अमेरिकामा पनि कोरोना भाइरस बाट ज्यान गएको घटना सार्वजनिक भएको हो ।शनिवार थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ ।
६४ देशमा काेराेना भाइरसकाे संक्रमण
नोवल कोरोना भाइरस थप चार देशमा फैलिएको छ । शुक्रबार सम्म ६० देशमा फैलिएकाे काेराेना भाइरस शनिबार ६४ राष्ट्रमा पुगेकाे हाे । दक्षिण अमेरिकाको ईक्वेडरमा देखिएको छ। स्पेनमा बस्दै आएका एक ईक्वेडरियन नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो। उनी हालै स्पेनबाट ईक्वेडर आएका थिए । यस्तै एसियन मुलुक कतारमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।कतारको स्वास्थ्य मन्त्रालयले शनिवार देशमा करोनाभाइरस पहिलो सङ्क्रमण भेटिएको पुष्टि गरेको हो । इरान बाट फर्केका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको हो । यस्तै आयरल्यान्डमा पनि एक व्यक्तिमा सङ्क्रमण देखिएको छ । उत्तर इटलीबाट फर्केका उनलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो । यसै गरी लक्जेम्वर्गमा एक ४० वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । उनी हालै इटलीबाट फर्केका थिए । उनको परिवार क्वारेन्टाइनमा बसेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने सरकारकाे निर्णय
कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने सरकारले निर्णय गरेको छ । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अप्नाउने निर्णय गरेको जनाइएको छ । शनिबार बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।
बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस