कोरोना भाइरसले लियो इरानमा थप ११ को ज्यान, जापान र कोरियामा पनि संकटमा
कोरोना भाइरसका कारण इरानमा आइतबार थप ११ जनाको ज्यान गएको छ । इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले राज्य टिभीलाई बताए अनुसार कोरोना भाइरसले आइतबार ११ जनाको मृत्यु भएको हो । यो सँगै इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ पुगेको हो । आइतबार कोरोना भाइरसका थप ३८५ सङ्क्रमित थपिए पछि कोराना भाइरस सङ्क्रमितको सङ्ख्या इरानमा ९७८ पुगेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले २१० जनाको मृत्यु भएको बताए पनि आधिकारिक श्रोतबाट भने ५४ जनाको मात्रै ज्यान गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
यसै गरी कोरोना भाइरसका कारण जापानमा आज आइतबार थप एक जनाको मृत्यु भएको छ । यो सँगै जापानमा कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । भने जापानकै सामुद्रिक जहाज डायमन्ड प्रिन्समा पनि ६ जनाको ज्यान गई सकेको छ , जापानको भूमिमा मात्रै २४१ जना कोरोना सङ्क्रमित रहेका छन् ।
यसै बिच दक्षिण कोरियामा आइतबार थप ३ जनाको मृत्यु भएको छ । आइतबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण थपिएपछि सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ३६ पुगेको छ । हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरसका कारण २० जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस