कोरोना भाइरसले लियो इरानमा थप ११ को ज्यान, जापान र कोरियामा पनि संकटमा

कोरोना भाइरसका कारण इरानमा आइतबार थप ११ जनाको ज्यान गएको छ । इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले राज्य टिभीलाई बताए अनुसार कोरोना भाइरसले आइतबार ११ जनाको मृत्यु भएको हो । यो सँगै इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ पुगेको हो । आइतबार कोरोना भाइरसका थप ३८५ सङ्क्रमित थपिए पछि कोराना भाइरस सङ्क्रमितको सङ्ख्या इरानमा ९७८ पुगेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले २१० जनाको मृत्यु भएको बताए पनि आधिकारिक श्रोतबाट भने ५४ जनाको मात्रै ज्यान गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
यसै गरी कोरोना भाइरसका कारण जापानमा आज आइतबार थप एक जनाको मृत्यु भएको छ । यो सँगै जापानमा कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । भने जापानकै सामुद्रिक जहाज डायमन्ड प्रिन्समा पनि ६ जनाको ज्यान गई सकेको छ , जापानको भूमिमा मात्रै २४१ जना कोरोना सङ्क्रमित रहेका छन् ।
यसै बिच दक्षिण कोरियामा आइतबार थप ३ जनाको मृत्यु भएको छ । आइतबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण थपिएपछि सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ३६ पुगेको छ । हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरसका कारण २० जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस