कोरोनाको आशंकामा २ जना नेपाली टेकु अस्पतालको आइसोलेसनमा

कोरोना भाइरसको संक्रमणको आशंकामा २ जना नेपालीलाई आइसोलेसनमा राखिएको छ । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो ।
ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले जानकारी दिए। दुबै जनाको घाँटी र नाकको र्यालको नमूना संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको छ।
चीन र दक्षिण कोरियाबाट नेपाल आएको १४ दिन नबितेको र ज्वरो र रुघाखोकी देखिएकाले अस्पतालको सम्पर्कमा आएका थिए।
अहिलेसम्म कोरोना संक्रमणको आशंकामा २१ जनालाई आइसोलेसनमा राखिएको भए पनि १ जनामा मात्र संक्रमण देखिएको अस्पतालले जनाएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस