काेराेना कहर : ज्यान गुमाउनेकाे संंख्या ३ हजार नाघ्याे, ६७ देशमा संक्रमण

विश्वब्यापी प्रकोपको महामारीको रुप लिएको नोवल कोरोना भाइरसका कारण शनिबार थप ७३ जनाको ज्यान गएको छ। भने एक हजार ९ सया ७९ जना ब्यक्तिमा भाइरसको संक्रमण देखिएको छ । चीनमा मात्रै कोराना भाइरसले आईतबार ४२ जनाको ज्यान लिएको छ । यसै गरी ईरानमा ११ जना, इटलीमा १२ जनाको ज्यान गएको छ। यस्तै जापानमा २ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियाले पनि आफ्नो ४ नागरिकको मृत्यु भएको बताएको छ । यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या ८८ हजार ५ सय ९० पुगेको छ । यस्तै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५० पुगेको छ ।
इटलीमा थप १२ जनाको ज्यान गयाे
इटलीमा कोरोना भाइरसका कारण आईतबार थप १२ जनाको ज्यान गएको छ। भने थप एक हजार ५ सय ७३ जना ब्यक्तिमा भाइरसको संक्रमण देखिएको छ । यो संगै इटलीमा कोरोना भाइरसको संक्रमितको संख्या १ हजार ७ सय ०१ पुगेको छ । यस्तै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
ईरानमा थप ११काे मृत्यु
विश्व व्यापी महामारीको प्रकोपको रुप लिएको नोवल कोरोना भाइरसका कारण इरानमा शनिबार थप ११ जनाको ज्यान गएको छ । यो संगै नोवल कोरोना भाइरसका कारण ईरानमा ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । शुक्रबार सम्म ४३ जनाको मृत्यु भएको थियो । आईतबार थप ३सय ८५ जना नयाँ संक्रमित थपिए पछि ईरानमा कोरोना भाइरसका संक्रमितको संख्या ९सय ७८ जना पुगेको छ।
६७ देशमा काेराेना भाइरसकाे संक्रमण
नोवल कोरोना भाइरस थप ३ देशमा फैलिएको छ । शनिबार सम्म ६४ देशमा फैलिएकाे काेराेना भाइरस आईतबार ६७ राष्ट्रमा पुगेकाे हाे । डाेमेनिकन रिपब्लिक र अर्मेनिया मा एकएक जनामा काेराेना भाइरसकाे संक्रमण दखिएकाे हाे।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस