कोरोना भाइरसबाट दक्षिण कोरियामा थप ५ जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार नाघ्यो
विश्वव्यापी महामारीको प्रकोप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण कोरियामा ४ हजार २ सय नाघेको छ ।
आईतबार सम्म ३ हजार ७ सय ३६ संक्रमित रहेकोमा सोमबार दिउँसो सम्म थप ४ सय ७६ संक्रमितको पहिचान भएपछि दक्षिण कोरियामा भाइरसको संक्रमित हुनेको संख्या ४ हजार २ सय १२ पुगेको हो । दक्षिणकोरियामा भाइरसका कारण थप ५ जनाको ज्यान गएको छ ।
यो संगै नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दक्षिण कोरियामा २६ पुगेको छ । दक्षिण कोरियामा संक्रमित मध्ये ३० जना उपचार पछि निको भएका समाचार छ भने २७ जना गम्भीर विरामी रहेको उल्लेख छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस