विदेश भ्रमणमा नजान सरकारको देशवासीलाई अपिल

सरकारले देशवासीलाई विदेश भ्रमणमा नजान अपिल गरेको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।
सरकारले विदेश भ्रमणको योजना नबनाउन देशवासीलाई अपिल गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर सङ्क्रमण देखिएका देशहरूमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ । आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएको उल्लेख गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘मध्य पूर्वमा जान सरकारले रोक त लगाएको छैन । तर कामका लागि होस या अध्ययनका लागि नजान प्रबन्ध गर्न आग्रह गरेका छौँ ।’
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस