• जीवनशैली | Jiwanshaili
  • कोरोनाले ३ हजार बढीको ज्यान लियो, ७६ देशमा संक्रमण


    विश्वब्यापी प्रकोपको महामारीको रुप लिएको नोवल कोरोना भाइरसका कारण मंगलबार थप ६३ जनाको ज्यान गएको छ। भने एक हजार १ हजार ८ सय ४९ जना ब्यक्तिमा भाइरसको संक्रमण देखिएको छ। चीनमा मात्रै कोराना भाइरसले सोमबार ३२ जनाको ज्यान लिएको छ।

    यसैगरी ईरानमा १२ जना, इटलीमा ११ जनाको ज्यान गएको छ। यस्तै फ्रान्समा १ जनाको मृत्यु भएको छ। भने अमेरिकामा ५ जनाले ज्यान गुमाइसकेका छन्। दक्षिण कोरियाले पनि आफ्नो ७ नागरिकको मृत्यु भएको जनाएको छ।

    यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या ९० हजार ४ सय ३९ पुगेको छ। यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १९ पुगेको छ।

    ईरानका सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

    ईरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए।

    राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस