कोरोनाबाट अमेरिकामा थप चारको मृत्यु, मर्नेकाे संख्या ६ पुग्याे
काठमाडौं, २० फागुन- संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा नोबेल कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ। कोभिड-१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन्।
संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ। यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन्।
यसैगरी, ईरानमा १२ जना, इटलीमा ११ जनाको ज्यान गएको छ। यस्तै फ्रान्समा १ जनाको मृत्यु भएको छ। भने अमेरिकामा ६ जनाले ज्यान गुमाएका छन्। दक्षिण कोरियाले पनि आफ्ना ७ नागरिकको मृत्यु भएको जनाएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस