कोरोनाबाट अमेरिकामा थप ३ जनाको मृत्यु, ८० देशमा संक्रमण
नोवल कोरोना भाइरसका (कोभिड-१९) कारण विश्वभरमा बुधबार थप ५१ जनाको मृत्यु भएको छ। भने २ हजार ४ सय ३१ जनामा यसको संक्रमण देखिएको छ। इटालीमा मात्र कोराना भाइरसले मंगलबार २७ जनाको ज्यान लिएको छ। भने अमेरिकामा थप ३ जनाको मृत्यु भएको छ।
यसैगरी ईरानमा ११ जना, चीनमा २ जनाको ज्यान गएको छ। यस्तै फ्रान्समा १ जनाको मृत्यु भएको छ। भने दक्षिण कोरियामा पनि ६ जनाको ज्यान गएको छ। त्यस्तै, स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।
केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका छन्। उनी भ्यालेन्सियाका रहेको जनाइएको छ।
यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ९२ हजार ८ सय ८० पुगेको छ। यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६८ पुगेको छ। भने ८० वटा देशमा यो भाइरस फैलिसकेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस