• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १५ जनाको मृत्यु, सबै विद्यालय बन्द


    इरानमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण लाई लिएर सबै विद्यालय बन्द गरिएको छ । सङ्क्रमणको महामारी फैलिरहेको बेला बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो । इरानको स्वास्थ्य मन्त्रालयले बिहीबार आगामी अप्रिल महिना सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हाल सम्म इरानमा ३ हजार ५ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १०७ जना व्यक्तिको ज्यान गइसकेको छ ।

    बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । यस्तै ५९१ जना कोरोना भाइरसका थप बिरामी फेला परेका छन्। इरानमा पछिल्लो एक साता यता कोरोना भाइरस तीव्र फैलिरहेको छ भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दो रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस