इरानमा थप १५ जनाको मृत्यु, सबै विद्यालय बन्द
इरानमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण लाई लिएर सबै विद्यालय बन्द गरिएको छ । सङ्क्रमणको महामारी फैलिरहेको बेला बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो । इरानको स्वास्थ्य मन्त्रालयले बिहीबार आगामी अप्रिल महिना सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हाल सम्म इरानमा ३ हजार ५ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १०७ जना व्यक्तिको ज्यान गइसकेको छ ।
बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । यस्तै ५९१ जना कोरोना भाइरसका थप बिरामी फेला परेका छन्। इरानमा पछिल्लो एक साता यता कोरोना भाइरस तीव्र फैलिरहेको छ भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दो रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस