कोरोनाबाट ईटालीमा थप ४१ जनाको मृत्यु, ८९ देशमा संक्रमण

नोवल कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभरमा बिहीबार मात्र थप ७१ जनाको मृत्यु भएको छ। भने २ हजार ७ सय ८० जनामा यसको संक्रमण देखिएको छ। अमेरिकामा कोराना भाइरसले बिहीबार थप १ जनाको ज्यान लिएको छ। चीनमा पनि थप १ जनाको मृत्यु भएको छ।
यसैगरी, ईरानमा १६ जना, फ्रान्समा ३ जनाको ज्यान गएको छ। भने दक्षिण कोरियामा ५ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा थप एक जनाको मृत्यु भएको छ। इराकमा पनि यो भाइरस देखिएको छ। बिहीबार मात्रै इराकमा १ जनाको मृत्यु भएको छ।
यस्तै, यूके र स्विजरल्यान्डमा पनि एक एक जनाले ज्यान गुमाएका छन्।
यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ९८ हजार ८८ पुगेको छ। यसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५६ पुगेको छ भने ८९ वटा देशमा यो भाइरस फैलिसकेको छ।
दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिम रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस