कोरोनाबाट ईटालीमा थप ४१ जनाको मृत्यु, ८९ देशमा संक्रमण
नोवल कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभरमा बिहीबार मात्र थप ७१ जनाको मृत्यु भएको छ। भने २ हजार ७ सय ८० जनामा यसको संक्रमण देखिएको छ। अमेरिकामा कोराना भाइरसले बिहीबार थप १ जनाको ज्यान लिएको छ। चीनमा पनि थप १ जनाको मृत्यु भएको छ।
यसैगरी, ईरानमा १६ जना, फ्रान्समा ३ जनाको ज्यान गएको छ। भने दक्षिण कोरियामा ५ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा थप एक जनाको मृत्यु भएको छ। इराकमा पनि यो भाइरस देखिएको छ। बिहीबार मात्रै इराकमा १ जनाको मृत्यु भएको छ।
यस्तै, यूके र स्विजरल्यान्डमा पनि एक एक जनाले ज्यान गुमाएका छन्।
यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ९८ हजार ८८ पुगेको छ। यसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५६ पुगेको छ भने ८९ वटा देशमा यो भाइरस फैलिसकेको छ।
दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिम रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस