• जीवनशैली | Jiwanshaili
  • कोरोना कहर: विगत २४ घण्टामा कहाँ के के भए ?


    विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको नोवल कोरोना भाइरसबाट शुक्रवार थप १०७ जनाको ज्यान गएको छ । यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रवार कोरोना भाइरसका कारण ३ हजार ६ सय भन्दा बढी व्यक्ति सङ्क्रमित भएपछि कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या एक लाख २ हजार सय ४३ पुगेको हो । शुक्रवार सम्म कोरोना भाइरसका कारण ३ हजार ४ सय ९४ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै ८० हजार ६सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने चीन बाहेकका ९७ देशमा भने एक्काइस हजारको हाराहारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

    चीनमा शुक्रवार ३ सय ९ जना व्यक्तिमा कोरोना

    चीनमा कोरोना भाइरसका कारण ३ हजार ७० जनाको मृत्यु भएको छ । चीनमा ५५ हजार ४ सय २ सङ्क्रमित बिरामी निको भएर घर फर्केका छन् । यस्तै २२ हजार १सय ७८ जना बिरामी उपचाररत रहेका छन् ।
    चीनबाहेकका देशमा पछिल्लो हप्ता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भने ४३ जनाको ज्यान गएको छ । शुक्रवार मात्रै ३ सय ९जना व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।

    इटलीमा एकै दिन ४९ काे ज्यान लियाे

    कोरोना भाइरसले इटलीमा एकै दिन ४९ जनाको ज्यान लिएको छ । यस्तै ७ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । यो संगै इटालीमा शुक्रबार सम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ भने मर्नेको संख्या १ सय ९७ पुगेको छ ।

    इरानमा १ हजार २ सय ३४ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण

    यस्तै इरानमा शुक्रवार मात्रै १६ जना व्यक्तिको ज्यान गएको छ । इरानमा १ हजार २ सय ३४ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । शुक्रवार सम्म १ सय २४ जना व्यक्तिको ज्यान गएको छ । भने ४ हजार ७ सय ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पाइएकाे छ ।

    अमेरिकामा थप ३ जनाको ज्यान लियाे
    यस्तै अमेरिकामा थप ३ जनाको ज्यान गएको छ । अमेरिकामा ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १५ जनाले ज्यान गुमाइसकेका छन् ।

    थप ७ देशमा कोरोना भाइरसको सङ्क्रमण

    शुक्रवार सम्म थप ७ देशमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भुटान, भ्याटीकन सिटी, सर्विया क्यामरुन, पेरु, स्लोभाकिया,टोगो,र कोलोम्बीयामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै कोरोना भाइरसको सङ्क्रमण विश्वको ९६ राष्ट्र र एक पानी जहाजमा फैलिएको छ । पछिल्लो समय विश्वव्यापी चिन्ता र चासोको रूपमा हेरिएको कोरोना भाइरस नियन्त्रणको लागि विश्व व्यापी प्रयासका साथसाथै नेपालमा पनि विभिन्न तयारी गरिरहेको सरकारले बताएको छ ।

    चीन बाहेककै ६५ देशमा को संक्रमण

    कोरोना भाइरसले एकै दिन संसारको ६५ देशका ३ हजार पाँच सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    इरानमा शुक्रबार १ हजार २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ । भने इटलीमा एकै दिन ७ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । यस्तै दक्षिण कोरियामा ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस