कोरोना कहरः आइतबार चीन बाहेकका ५ देशमा ६१ जनाको मृत्यु

कोरोना भाइरसका कारण आइतबार चीन बाहेकका पाँच देशमा ६१ जनाको ज्यान गएको छ । नोवल कोरोना भाइरसबाट आज आइतबार एकै दिन इरानमा ४९ जनाको ज्यान गएको छ । यस अघि शनिवार सम्म कोरोना भाइरसबाट इरानमा १ सय ४५ जनाको ज्यान गएकोमा आइतबार यो सङ्ख्या बढेर १ सय ९४ पुगेको हो ।
आइतबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै इरानमा कोरोना भाइरसको सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ५ सय ६६ पुगेको छ । इरानमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित र ज्यान गुमाउने को सङ्ख्या चीनको भन्दा बढी रहेको छ ।
यस्तै कोरोना भाइरसबाट स्पेनमा आइतबार थप ७ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । आज मात्रै ८८ जना नयाँ बिरामी थपिएका छन् । कोरोना भाइरसले स्पेनमा आज सम्म ६ सय १३ जना व्यक्तिमा सङ्क्रमण भइसकेको छ ।
यस्तै नोवल कोरोना भाइरसका कारण आज आइतबार दक्षिण कोरिया र नेदरल्याण्डमा थप २ -२ जना बिरामीको ज्यान गएको छ । दक्षिण कोरिया मा कोरोना भाइरसबाट आइतबार सम्म ५० जनाको ज्यान गइसकेको छ भने हाल सम्म ७ हजार ३ सय १३ जना सङ्क्रमित भइसकेका छन् । आइतबार मात्रै दक्षिण कोरियामा कोरोना भाइरसबाट २ सय ७२ जना सङ्क्रमित भएका छन् ।
यस्तै नेदल्याण्डमा पनि ७७ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । आइतबार सम्म ३ जनाको ज्यान गएको छ भने २ सय ६५ जना बिरामी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
यस्तै स्विजरल्याण्डमा थप एक जनाकाे ज्यान गएकाे छ । आइतबार ६९ जना नयाँ बिरामी थपिएसंगै जम्मा संक्रमितकाे संख्या ३ सय ३७ जना पुगेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस