चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा १० जनाको मृत्यु
दक्षिणी पूर्वी चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा १० जनाको मृत्यु भएको छ । शनिवार स्थानीय समय अनुसार राती साँढे सात बजे करोनाभाइरसको क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको एउटा होटेल भत्किएपछि १० व्यक्तिको मृत्यु भएको चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।
चीनको दक्षिण पूर्वमा रहेको फुजीयान प्रान्तको ग्वान्जाउमा ८० जना रहेको होटेल स्थानीय समय अनुसार शनिवार बेलुकी साँढे सात बजे भत्किएको थियो ।
भत्किएको होटेलबाट ९ जना भाग्न सफल भएका थिए । ३८ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । भने अन्य २३ जना अझै हराइरहेको बताइको छ ।
कोरोना भाइरसको महामारी पछि सिन्जीया होटेललाई क्वारेन्टाइन बनाइएको थियो । जहाँ कोरोना भाइरस सङ्क्रमित सँग प्रत्यक्ष सम्पर्क गरेका ५८ व्यक्तिहरूलाई राखिएको थियो ।
यस्तै होटेलमा १६ जना कर्मचारी र ६ जना गेस्ट रहेको बताइएको छ ।
फुजियान फायर डिपार्टमेन्टले १,००० भन्दा बढी फायर फाइटरहरू र अन्य आपत्कालीन उद्धार कर्मीहरू तैनाथ गरी उद्धार कार्य गरेका थिए, जसले रातभरि बचेकाहरूलाई खोज्न काम गरे।
हामी फसेका मानिसहरूलाई बचाउन यथाशक्य गरिरहेछौँ, क्वान्जाउ सशस्त्र प्रहरीको मोबाइल इकाईका स्क्वाड्रन नेता गुओ युटुआनले भने।
उद्धार हुनेहरूमा एक जवान केटा, उसका बुबा र आमा पनि थिए। उद्धार गरिएका हरूलाई अस्पताल लगिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस