कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता
सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको सुरक्षा सतर्कता अपनाउने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको सरोकारवालासँगको बैठकले कोरोनाको सङ्क्रमण सुदूरपश्चिममा पनि देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम, पहिचान उपचार र व्यवस्थापनमा सतर्कता अपनाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।
बैठकले कोरोनाको रोकथामका लागि जनचेतना बढाउने, सीमानाकामा हेल्थ डेस्कको सङ्ख्या बढाउने, शंकास्पद बिरामीका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्डको व्यवस्थापन गर्ने र कोरोना शङ्कास्पद बिरामीलाई ओसारपसार गर्न सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । त्यसैगरी मास्क, पञ्जा र औषधिजन्य सामग्री सार्वजनिक खरिद ऐनको विशेष व्यवस्थाअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरी आपूर्ति गर्ने, दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमन गर्नेलगायत निर्णय गरेको विष्टले बताउनुभयो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, विभिन्न मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशकलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता थियो । –––
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस