कोरोना कहर : ईटालीमा एकै दिन १३३ जनाको मृत्यु, १०५ देशमा संक्रमण

नोवल कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभरमा आइतबार मात्र थप २२८ जनाको मृत्यु भएको छ। भने ३ हजार ८ सय २७ जनामा यसको संक्रमण देखिएको छ। ईटालीमा एकै दिन थप १३३ जनाको मृत्यु भएको छ। चीनमा पनि थप २२ जनाको मृत्यु भएको छ। भने अमेरिकामा पनि थप ३ जनको ज्यान गएको छ।
यसैगरी, ईरानमा ४९ जना, फ्रान्समा ३ जनाको ज्यान गएको छ। भने दक्षिण कोरियामा २ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा थप ७ जनाको मृत्यु भएको छ। इराकमा पनि यो भाइरस देखिएको छ। आइतबार मात्रै इराकमा २ जनाको मृत्यु भएको छ।
यस्तै, यूके, स्विजरल्यान्ड र जापानमा पनि एक/एक जनाले ज्यान गुमाएका छन्। यस्तै, हङकङ र इजिप्टमा पनि एक/एक जनाको मृत्यु भएको छ। नेदरल्याजन्ड्समा दुइ जनाकाे मृत्यु भएकाे छ।
यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर १ लाख ९ हजार ९ सय ६९ पुगेको छ। यसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय २७ पुगेको छ भने १०५ वटा देशमा यो भाइरस फैलिसकेको छ।
दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिमकाे सूचीमा रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस