कोरोना कहर : ईटालीमा एकै दिन १३३ जनाको मृत्यु, १०५ देशमा संक्रमण
नोवल कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभरमा आइतबार मात्र थप २२८ जनाको मृत्यु भएको छ। भने ३ हजार ८ सय २७ जनामा यसको संक्रमण देखिएको छ। ईटालीमा एकै दिन थप १३३ जनाको मृत्यु भएको छ। चीनमा पनि थप २२ जनाको मृत्यु भएको छ। भने अमेरिकामा पनि थप ३ जनको ज्यान गएको छ।
यसैगरी, ईरानमा ४९ जना, फ्रान्समा ३ जनाको ज्यान गएको छ। भने दक्षिण कोरियामा २ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा थप ७ जनाको मृत्यु भएको छ। इराकमा पनि यो भाइरस देखिएको छ। आइतबार मात्रै इराकमा २ जनाको मृत्यु भएको छ।
यस्तै, यूके, स्विजरल्यान्ड र जापानमा पनि एक/एक जनाले ज्यान गुमाएका छन्। यस्तै, हङकङ र इजिप्टमा पनि एक/एक जनाको मृत्यु भएको छ। नेदरल्याजन्ड्समा दुइ जनाकाे मृत्यु भएकाे छ।
यो संगै विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर १ लाख ९ हजार ९ सय ६९ पुगेको छ। यसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय २७ पुगेको छ भने १०५ वटा देशमा यो भाइरस फैलिसकेको छ।
दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिमकाे सूचीमा रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस