• जीवनशैली | Jiwanshaili
  • कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ह्वात्तै बढ्याे, चीन बाहेकका १३ देशमा २०६ जनाको मृत्यु


    कोरोना भाइरसका कारण आइतबार चीन बाहेकका १३ देशमा मर्नेको संख्या ह्वात्तै बढेको छ । एकै दिन विश्वका विभिन्न देशमा २०६ जनाको ज्यान गएको छ । नोवल कोरोना भाइरसबाट आइतबार इटलीमा १३३ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ४९ जनाले ज्यान गुमाएका छन भने फ्रान्स र अमेरिकामा थप ३ -३ जनाको मृत्यु भएको छ । यसै गरि अन्य देशहरुमा स्पेनमा ७ जना , इराक, दक्षिण कोरिया र नेदरल्याण्डमा थप २ -२ जना बिरामीको ज्यान गएको छ । यस्तै जापान, स्विजरल्याण्ड युके, हंङकङ र इजिप्टमा एक एक जनाको ज्यान गएको छ ।
    एकै दिन इटलीमा १ सय ३३ जनाको मृत्यु

    ईटलीमा पछिल्लो दिन हरुमा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । आइतबार एकै दिन इटलीमा १सय ३३ जनाले ज्यान गुमाएपछि इटली कोरोना भाइरसबाट प्रभावित हुने विश्वकै दोस्रो ठुलो देश बनेको छ । आइतबार सम्म इटलीमा कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरि थप १ हजार ४ सय ९२ जना थप विरामीमा संक्रमणको पुष्टि भए पछि नोवल कोरोना भाइरसका कारण इटलीमा संक्रमित हुनेको संख्या सात हजार ३ सय ७५ पुगेको छ ।
    इरानमा एकै दिन ४९ को ज्यान गयो
    इरानमा एकै दिन ४९ जनाको ज्यान गएको छ । यस अघि शनिवार सम्म कोरोना भाइरसबाट इरानमा १ सय ४५ जनाको ज्यान गएकोमा आइतबार यो सङ्ख्या बढेर १ सय ९४ पुगेको हो ।

    आइतबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै इरानमा कोरोना भाइरसको सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ५ सय ६६ पुगेको छ । इरानमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित र ज्यान गुमाउने को सङ्ख्या चीनको भन्दा बढी रहेको छ ।

    स्पेनमा थप ७ जनाको मृत्यु

    यस्तै कोरोना भाइरसबाट स्पेनमा आइतबार थप ७ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । आज मात्रै ८८ जना नयाँ बिरामी थपिएका छन् । कोरोना भाइरसले स्पेनमा आज सम्म ६ सय १३ जना व्यक्तिमा सङ्क्रमण भइसकेको छ ।

    दक्षिण कोरिया र नेदरल्याण्डमा थप २-२ को मृत्यु

    यस्तै नोवल कोरोना भाइरसका कारण आज आइतबार दक्षिण कोरिया र नेदरल्याण्डमा थप २ (२ जना बिरामीको ज्यान गएको छ । दक्षिण कोरिया मा कोरोना भाइरसबाट आइतबार सम्म ५० जनाको ज्यान गइसकेको छ भने हाल सम्म ७ हजार ३ सय १३ जना सङ्क्रमित भइसकेका छन् । आइतबार मात्रै दक्षिण कोरियामा कोरोना भाइरसबाट २ सय ७२ जना सङ्क्रमित भएका छन् ।

    यस्तै नेदल्याण्डमा पनि ७७ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । आइतबार सम्म ३ जनाको ज्यान गएको छ भने २ सय ६५ जना बिरामी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

    यस्तै स्विजरल्याण्डमा थप एक जनाको ज्यान गएको छ । आइतबार ६९ जना नयाँ बिरामी थपिएसंगै जम्मा संक्रमितको संख्या ३ सय ३७ जना पुगेको छ । यस्तै जापान, स्विजरल्याण्ड, युके, हंङकङ र इजिप्टमा एक एक जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस