इरानमा कोरोनाका कारण ७० हजार कैदि रिहा, साेमबार थप ४३ जनाको मृत्यु
इरानमा सोमबार कोरोना भाइरसका कारण थप ४३ जनाको मृत्यु भएको छ । इरानमा सोमबार ५६५ जना नयाँ कोरोना भाइरसका विरामी पहिचान गरीएको छ । यो संगै इरानमा कोरोना भाइरसबाट ७ हजार १ सय ६१ जना संक्रमित भएका छन् । सोमबार सम्म इरानमा कोरोना भाइरसबाट २ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
यसै बीच इरानले आफ्नो देशको विभिन्न जेलमा रहेका ७० हजार कैदि हरुलाई जेल मुक्त गरेको छ । इरानमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि आउन सक्ने सम्भावित जोखिमलाई मध्य नजर गर्दै इरानको अदालतले यस्तो निर्णय गरेको हो । इरानको प्रधान न्यायधिस इब्राहिम राइसीले सोमबार कैदि हरुलाई जेल मुक्त गर्ने निर्णय गरेको इरानी संचारमाध्यमले उल्लेख गरेको चाईना डेलीले बताएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस