कोरोना सङ्क्रमित ८ देशका नागरिकलाई मङ्गलवार देखि नेपाल प्रवेश गर्न राेक
अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मङ्गलवार देखि नेपाल प्रवेश गर्न ‘अन-अराइभल’ भिसा बन्द गरिने जनाएको छ।
अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई ‘अन-अराइभल’ भिसा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको हो।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन-अराइभल भिसा नदिइने प्रावधान लागु गर्न लागिएको हो।
अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस