• जीवनशैली | Jiwanshaili
  • विश्वका १ सय १३ देशमा कोरोना भाइरसको संक्रमण, मर्नेको संख्या ४ हजार नाघ्यो


    विश्वब्यापी महामारीको प्रकोपको रुप लिएको नोवलको कोरोना भाइरस विश्वको ११३ देशमा पुगेको छ । भने एक पानी जहाजमा समेत संक्रमण भएको छ । सोमबार साईप्रस, बु्रनाई, बुर्किनोफासो र च्यानल आइसल्याण्डमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो । सोमबार सम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख १४ हजार ४ सय १६ जना पुगेको छ भने चार हजार २६ जनाले ज्यान नै गुमाइसकेका छन् ।यो भाइरसबाट सबै भन्दा बढी चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै सोमबार चीनमा १८ जना मात्रै थप कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै थप १७ जनाको ज्यान गएको चीनमा हाल सम्म ३ हजार १ सय ३६ जनाको ज्यान गइसकेको छ । यो संगै चीनमा कोरोना भाइरस संक्रमतको संख्या ८० हजार ७ सय ५३ पुगेको छ ।

    इटालीको कोरोना भाइरसले महामारीको प्रकोपको रुप लिएको छ । सोमबार एकै दिन इटलीमा ९७ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ हजार ७ सय ९७ जनामा कोराना भाइरसको संक्रमण पाईएको छ । यो संगै इटलीका भाइरस संक्रमितको संख्या ९हजार १ सय ७२ पुगेको छ । ईटलीमा हाल सम्म कोरोना भाइरसका कारण ४ सय ६३ जनाको ज्यान गई सकेको छ ।

    ईटलीमा भाइरसको प्रकोप बढ्दै गए पछि पुरै देशमा आपतकाल घोषणा गरिएको छ भने देशमा नाका बन्दि गरिएको छ । पुरै स्कुल कलेज बन्द गरिएको छ । यसै गरी सबै नागरिकलाई घरमै रहन भनिएको छ ।

    इरानमा सोमबार कोरोना भाइरसका कारण थप ४३ जनाको मृत्यु भएको छ । इरानमा सोमबार ५६५ जना नयाँ कोरोना भाइरसका विरामी पहिचान गरीएको छ । यो संगै इरानमा कोरोना भाइरसबाट ७ हजार १ सय ६१ जना संक्रमित भएका छन् । सोमबार सम्म इरानमा कोरोना भाइरसबाट २ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

    सोमबार फ्रान्समा ११ स्पेनमा १३ जनाको ज्यान गएको छ । यसैगरी कोरोना भाइरसका कारण अमेरिकामा थप ४ जनाको ज्यान गएको छ भने दक्षिण कोरियामा ३ जनाको ज्यान गएको छ । यस्तै सोमबारनै जर्मनी, जापान र यु केमा कोरोना भाइरसका थप २२ जना विरामीको मृत्यु भएको छ । भने नेदरल्याण्ड, इराक, सानमारियो र क्यानडामा थप एक एक जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस