• जीवनशैली | Jiwanshaili
  • इरानमा थप ५४ जनाको मृत्यु,अमेरिका,स्पेन, दक्षिण कोरियामा पनि ज्यान गयो


    नोवल कोरोना भाइरसका कारण मङ्गलवार थ ५४ जनाको ज्यान गएको छ । सोमबार सम्म २ सय ३७ को मृत्यु भएकोमा मङ्गलवार बढेर २ सय ९१ पुगेको हो । मङ्गलवार इरानमा ८ सय ८१ जना नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । मङ्गलवार सम्म ८ हजार४२ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । इरानमा सङ्क्रमित मध्ये २ हजार ७ सय ३१ जना बिरामी उपचार पछि घर फर्किसकेका छन् भने ५हजार २० जना उपचाररत छन् ।


    यस्तै कोरोना भाइरसले अमेरिकामा गप १ जनाको ज्यान लिएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ। यस्तै स्पेनमा पनि कोरोना भाइरसले ७ जनाको ज्यान लिएको छ भने दक्षिण कोरिया मा एक जनाको ज्यान गएको छ। यसै गरी जापान, स्विजरल्याण्ड, युकेमा एक एक जनाको ज्यान गएको छ भने लेबनानमा समेत एक जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस