कोभिड–१९’ भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । “शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ”, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।
थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उहाँले खुलाउनु भएन । सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताउनुभयो । उहाँले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिनुभयो । भिसा रोकिएपछि स्वतः कटौती हुने उहाँले बताउनुभयो । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा डब्लुएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो । छिमेकी मुलुक भारतमा पनि संक्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो । भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सचर्कता अपनाउने निर्णय भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस