कोरोना भाइरस अपडेट: १४ देशका १३४ जनाको ज्यान गयो

कोरोना भाइरसका कारण बिहीबार १ सय ३४ जनाको मृत्यु भएको छ , बिहीबार यो रिपोर्ट तयार पार्दा सम्म १४ देशका १ सय ३४ जना व्यक्तिको ज्यान गएको हो । कोरोना भाइरसका कारण मृत्यु हुनेमा सबै भन्दा बढी इरान रहेको छ । इरानमा भाइरसले बिहीबार ७५ जनाको ज्यान गएको छ ।
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय २९ पुगेको छ । इरानमा कोरोना भाइरसका कारण बिहीबार दिउँसो सम्म १० हजार ७५ जना सङ्क्रमित भएका छन् । आज मात्रै १ हजार ७५ जना थप कोरोना भाइरसका बिरामी पाइएको छ ।
यस्तै कोरोना भाइरसका कारण स्पेनमा आज २९ जनाको मृत्यु भएको छ । युरोपमा बढ्दो महामारीका बिच आज स्पेनमा एकै दिन धरै सङ्ख्यामा ज्यान गएको हो । यो सँगै स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ८४ पुगेको छ ।आज बिहीबार एकै दिन कोरोना भाइरसका ७ सय २६ सङ्क्रमित थपिएका छन् भने जम्मा सङ्क्रमित व्यक्तिको सङ्ख्या ३ हजार ३ पुगेको छ ।
यसै गरी कोरोना भाइरसका कारण दक्षिण कोरियामा ६ जना , स्विजरल्याण्ड र यु केमा २- २ जना को मृत्यु भएको छ भने गुयना, अल्जेरिया,पोल्यान्ड,लेबनान,इराक, ग्रिस, अस्ट्रिया जापान र जर्मनीमा एक एक जनाको ज्यान गएको हो ।
बिहीबार एकै दिन ३ हजार ६ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस