कोरोना भाइरस अपडेट: १४ देशका १३४ जनाको ज्यान गयो
कोरोना भाइरसका कारण बिहीबार १ सय ३४ जनाको मृत्यु भएको छ , बिहीबार यो रिपोर्ट तयार पार्दा सम्म १४ देशका १ सय ३४ जना व्यक्तिको ज्यान गएको हो । कोरोना भाइरसका कारण मृत्यु हुनेमा सबै भन्दा बढी इरान रहेको छ । इरानमा भाइरसले बिहीबार ७५ जनाको ज्यान गएको छ ।
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय २९ पुगेको छ । इरानमा कोरोना भाइरसका कारण बिहीबार दिउँसो सम्म १० हजार ७५ जना सङ्क्रमित भएका छन् । आज मात्रै १ हजार ७५ जना थप कोरोना भाइरसका बिरामी पाइएको छ ।
यस्तै कोरोना भाइरसका कारण स्पेनमा आज २९ जनाको मृत्यु भएको छ । युरोपमा बढ्दो महामारीका बिच आज स्पेनमा एकै दिन धरै सङ्ख्यामा ज्यान गएको हो । यो सँगै स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ८४ पुगेको छ ।आज बिहीबार एकै दिन कोरोना भाइरसका ७ सय २६ सङ्क्रमित थपिएका छन् भने जम्मा सङ्क्रमित व्यक्तिको सङ्ख्या ३ हजार ३ पुगेको छ ।
यसै गरी कोरोना भाइरसका कारण दक्षिण कोरियामा ६ जना , स्विजरल्याण्ड र यु केमा २- २ जना को मृत्यु भएको छ भने गुयना, अल्जेरिया,पोल्यान्ड,लेबनान,इराक, ग्रिस, अस्ट्रिया जापान र जर्मनीमा एक एक जनाको ज्यान गएको हो ।
बिहीबार एकै दिन ३ हजार ६ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस