• जीवनशैली | Jiwanshaili
  • कोरोना प्रभाव: राजधानीका सडक र बजार ४ बजे सुनसान (फोटो फिचर)


    काठमाडौँ उपत्यकामा आज सवारी साधनमा निक्कै कम चलेका छन् भने बजार पनि सुन सान प्राय नै छ। कोरोना भाइरसको जोखिम भन्दै सरकारले सभा सम्मेलन तथा सार्वजनिक कार्यक्रममा नगर्न तथा भिडभाडमा नजान निर्देशन जारी गरे सँगै सडक तथा बजारमा मानिसहरूको भिडभाड निक्कै कम भएको हो ।

    शुक्रवार दिउँसो ४ बजे सरकारी कार्यालय छुट्टी हुने समयमा काठमाडौँको रत्नपार्क, बानेश्वर, टेकु लगायतका स्थान हरूमा सवारी आवागमन तथा मानिसहरूको चहलपहल निक्कै कमी देखिएको छ । ४ बजेको समय शुक्रवार सरकारी कार्यालय पनि चाँडै छुट्टी हुने हुँदा यो समय ट्राफिक धेरै हुने भए पनि आज भने सुनसान प्राय देखिएको छ ।

    सरकारले जथाभाबी भिडभाडमा नजान आग्रह गर्नु, आज अलि जाडोको दिन भएको तथा विद्यालय हरूको परीक्षाको समय भएकोले यस्तो हुन सक्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । तर आज धरै चाप भने नरहेको प्रवक्ता श्रेष्ठले बताए ।

    यसै गरी मानिसहरुको ठेलम्ठेल हुने असन, भोटाहिटि तथा कमलाक्षी क्षेत्र पनि सुनसान देखिएकाे छ । बजारमा पसलहरु खुले पनि किनमेल गर्नेहरु निक्कै कम भएको असनका ब्यापारीहरू बताउँछन् । मानिसको चहल पहल नभएपछि ब्यापारीहरु पनि चिन्तीत भएका छन् ।

    यद्यपि बजारमा मानिसको चहलपहल तथा सवारीको आगमन लाई हेर्दा यति कारणले मात्रै हो भन्न नसकिने अवस्था छ । बजारमा मास्क नपाउनु, बजारमा नयाँ सामाग्रीहरू समेत उपलब्ध नहुनु लगायतका कारण राजधानी बासी हरू घर बाहिर कम निस्केका हुन सक्ने देखिन्छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस