कोरोना कहर: इरानमा थप ८५ को ज्यान गयो
कोरोना भाइरसका कारण इरानमा थप ८५ जनाको ज्यान गएको छ । शुक्रवार १ हजार २ सय ८९ जनामा थप सङ्क्रमण देखिएको छ । चीनमा कोरोना भाइरसको प्रभाव शून्य भइरहेको बेला इरान र इटलीमा भने यसको सङ्क्रमण बढ्दो छ ।
इरानमा कोरोना भाइरसका कारण हाल सम्म ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय १४ पुगेको छ । सङ्क्रमणको हिसाबले इरान विश्वकै तेस्रो बढी सङ्क्रमण भएको देश बनेको छ ।
विश्व व्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट हाल सम्म १ सय ३१ देशमा सङ्क्रमण फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस