चीनमा भन्दा इटालीमा कोरोना सङ्क्रमित बढी

चीनमा कोरोना भाइरसको सङ्क्रमण उच्चतम विन्दुबाट झरेको घोषणा गरे सँगै अव यसको सङ्क्रमण युरोपमा उच्च देखिएको छ । मार्च १४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा भन्दा इटालीमा कोरोना भाइरस सङ्क्रमित बढी देखिएको छ । अहिले चीनमा १२ हजार ८८ सङ्क्रमित उपचाररत छन् भने यो सङ्ख्या भन्दा बढी इटालीमा १४ हजार ९ सय ५५ जना उपचाररत छन् ।
यसरी चीनमा कोरोना सङ्क्रमित को सङ्ख्या दिनानुदिन घटिरहेको बेला इटाली लगायतका युरोपमा भने कोरोना सङ्क्रमित ह्वात्तै बढेको छ ।
शुक्रवार इटालीमा कोरोना भाइरसले २ सय ५० जनाको ज्यान लिएको छ भने २ हजार ५ सय ४७ जनामा सङ्क्रमण देखिएको छ। हालसम्म कोरोना भाइरसका कारण इटालीमा १ हजार २ सय ६६ जनाको ज्यान गइसकेको छ।
यसै गरी चीनमा शुक्रवार कोरोना भाइरसका कारण थप १३ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस