चीनमा भन्दा इटालीमा कोरोना सङ्क्रमित बढी
चीनमा कोरोना भाइरसको सङ्क्रमण उच्चतम विन्दुबाट झरेको घोषणा गरे सँगै अव यसको सङ्क्रमण युरोपमा उच्च देखिएको छ । मार्च १४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा भन्दा इटालीमा कोरोना भाइरस सङ्क्रमित बढी देखिएको छ । अहिले चीनमा १२ हजार ८८ सङ्क्रमित उपचाररत छन् भने यो सङ्ख्या भन्दा बढी इटालीमा १४ हजार ९ सय ५५ जना उपचाररत छन् ।
यसरी चीनमा कोरोना सङ्क्रमित को सङ्ख्या दिनानुदिन घटिरहेको बेला इटाली लगायतका युरोपमा भने कोरोना सङ्क्रमित ह्वात्तै बढेको छ ।
शुक्रवार इटालीमा कोरोना भाइरसले २ सय ५० जनाको ज्यान लिएको छ भने २ हजार ५ सय ४७ जनामा सङ्क्रमण देखिएको छ। हालसम्म कोरोना भाइरसका कारण इटालीमा १ हजार २ सय ६६ जनाको ज्यान गइसकेको छ।
यसै गरी चीनमा शुक्रवार कोरोना भाइरसका कारण थप १३ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस