भाइरसबाट जोगिन हात धुने मात्र हैन, फोन पनि सफा गर्नुपर्छ

विश्व स्वास्थ्य सङ्गठनले फ्लु र करोनाभाइरसको सङ्क्रमणबाट आफूलाई जोगाउन कस्ता मास्क लगाउने, आफ्नो हातहरू कसरी राम्ररी धुने भन्नेबारे विस्तृत जानकारीहरू दिँदै आएका छन्। ती निर्देशनहरू हामी पालना गरिरहेका हौँला। दैनिक जीवनमा हामी धेरै चीजहरू छुन्छौँ। त्यस कारण हामीले आफ्नो हातहरू बारम्बार धुनु पर्छ ।
हामीले दिनमा सबै भन्दा धेरै पटक छुने भनेको मोबाइल हो। तर यदि हामी आफ्नो हात धुन्छौँ र फेरि हाम्रो फोन चलाउन सुरु गर्छौँ भने हामी जीवाणुहरूको सम्पर्कमा भई रहेका हुन्छौँ। २०१७ मा यु एस नेशनल लाइब्रेरी अफ मेडिसिन द्वारा प्रकाशित गरिएको धेरै अध्ययनले फोनले धेरै कीटाणुहरू हुने गरेको बताएका छन्। यदि तपाईँ आफ्नो हात नियमित धुँदै हुनुहुन्छ भने, तपाईँले आफ्नो फोन सफा राख्नु पर्छ।
फोनलाई कसरी सफा राख्न सकिन्छ ?
फोन सफा गर्नु अघि फोन बन्द गर्नुहोस्। एप्पल मोबाइल सफा गर्दा चस्मा सफा गर्नको लागी प्रयोग हुने लेन्स कपडा जस्तै कपडाको लागी प्रयोग गर्ने सल्लाह दिन्छ। यदि तपाईँसँग आई फोन ७ वा त्यो भन्दा माथि छ(जुन पानी प्रतिरोधी हो) भने, तपाईँ थोरै तातो साबुन–पानीमा कपडा डुबाई पनि प्रयोग गर्न सक्नुहुनेछ । त्यस्तो लागी पहिला तपाईँले आफ्नो फोनले कति पानी खेप्न सक्छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । अन्य फोन निर्माताहरूले विशेष सुझाव दिएको छैन ।
बजारमा पाइने सफाइ उत्पादनहरूको प्रयोगले स्क्रिनमा हुने फिंगरप्रिन्ट–प्रतिरोधी लेपहरू बिगार्न सक्छन् । त्यस कारण एप्पल र सामसङले त्यस्ता सामग्रीको प्रयोग नगर्न सल्लाह दिन्छन् । तर यो समयमा मोबाइलका फिंगरप्रिन्ट भन्दा भाइरस ज्यादा महत्त्वपूर्ण विषय भएकोले हामीले यसको प्रयोग केही सावधानी पूर्वक प्रयोग गर्न सक्छौँ । मोबाइलका पोर्ट, क्यामेरा, स्पिकर जस्ता भागलाई जोगाएर बाहिरी भाग सफा गर्न सकिन्छ ।
यदि तपाईँ स्क्रिनलाई नकारात्मक असर गर्ने बारे चिन्तित हुनुहुन्छ भने, सस्ता स्क्रिन प्रोजेक्ट किन्नुहोस् । त्यसलाई क्लोरोक्स वा लाइजोल वाइपहरू प्रयोग गरेर सफा गर्नु सक्नु हुन्छ। एउटा खराब भएमा तपाईँ अर्को नयाँ स्क्रिन प्रोजेक्ट बदल्न सक्नुहुन्छ। पुरानो फोनहरूमा पानी झेल्ने क्षमता हुदैन् । एउटा नरम कपडाको प्रयोग गर्नुहोस् । ती फोनहरूमा तरल सरसफाइ गर्न नमिल्ने भएकोले नरम कपडाले पुछ्नुहोस् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस