• जीवनशैली | Jiwanshaili
  • एकै दिन थप ४०३ को मृत्यु, १५१ देशमा कोरोनाको संक्रमण (सूचिसहित)


    चैत २,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस एकै दिन विश्वका थप ४०३ जनाको मृत्यु भएाके छ। हिजो शनिबार मात्र विश्वका १५१ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको हो।

    यसैगरी शनिबार चीनमा १० जनाको ज्यान गएको छ भने नयाँ संक्रमण एकदमै न्यून रहेको छ। त्यस्तै, शनिबार इटलीमा कोरोना भाइरसले १ सय ७५ जनाको ज्यान लिएको छ भने ३ हजार ४ सय ९७ जनामा सङ्क्रमण देखिएको छ। यो सँगै इटलीमा भाइरस सङ्क्रमितको सङ्ख्या २१ हजार १ सय ५७ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण इटलीमा १ हजार ४ सय ४१ जनाको ज्यान गइसकेको छ।

    यस्तै, इरानमा शनिबार कोरोना भाइरसका कारण थप ९७ जनाको मृत्यु भएको छ। इरानमा सोही दिन १ हजार ३ सय ६५ जना नयाँ कोरोना भाइरसका बिरामी पहिचान गरिएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट १२ हजार ७ सय २९ जना सङ्क्रमित भएका छन्। हालसम्म इरानमा कोरोना भाइरसबाट ६ सय ११ जनाको मृत्यु भइसकेको छ।

    शनिबार फ्रान्समा १२, स्पेनमा ६३ जनाको ज्यान गएको छ। यसै गरी कोरोना भाइरसका कारण जर्मनीमा १ जना र स्विजरल्यान्डमा २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। युकेमा १० जनाको मृत्यु भएको छ।

    यस्तै, नेदरल्यान्ड्स र नर्वेमा २/२ जना, स्विडेन, जापान, डेनमार्कमा १/१ जनको मृत्यु भएको छ। बेल्जिएममा १, ग्रीसमा २, सोल्भेनिया, आएरल्यान्डमा १/१ जना, फिलिपिन्समा ३, एराक र पोल्यान्डमा १/१ जना, इन्डोनेसिया, बुल्गेरिया, अल्जेरियामा गरेर १/१ जनको ज्यान गएको छ।
    यसैगरि विश्वभर भाइरसबाट ज्यान जानेको संख्या ५ हजार ८ सय ३२ रहेको छ भने १ लाख ५६ हजार ४ सय ४९ जन संक्रमित छन्। यस्तै, भाइरस निको भएर घर जानेको संख्या ७५ हजार ७ सय ९९ रहेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस