कोरोना भाइरस ठिक भएका एक व्यक्ति भन्छन्…
एजेन्सी– स्कटल्यान्डमा कोरोना भाइरस संक्रमणबाट बचेका एक व्यक्तिले आफ्नो अनुभव सेयर गरेका छन्। बिबिसीसँग कुरा गर्दै ५० वर्षे यी व्यक्तिले आफ्नो अनुभव सेयर गरेका हुन्।
उनी २५ फ्रेबुअरीमा इटलीबाट फर्किएका थिए। उनले भनेका छन्, ‘मैले पहिले त कुनै पनि लक्षण महसुस गरेको थिइनँ।’
तर, त्यसको दुई दिनपछि नै उनले आफूलाई फ्लू भएको अनुभव गरेका रहेछन्। ‘हल्का ज्वरो पनि आएको थियो,’ उनले भने, ‘म कापिरहेको पनि थिएँ। तर, योभन्दा सबैभन्दा बढी मैले महसुस गरेको लक्षण भनेको मलाई भएको पीडा थियो। मेरा खुट्टा निकै गलेका थिए। कतिसम्म भने मैले राम्रोसँग सुत्न पनि सकेको थिइनँ।’
एक मार्चमा उनको परीक्षण भएछ। अनि उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पतालमा नै भर्ना गरियो। त्यहाँ आफूलाई थप लक्षण नबिग्रियोस् भनेर हेरचाह गरिएको थियो।
‘अस्पताल जाँदासम्म पनि मलाई ठिक लागिरहेको थियो,’ उनले भनेका छन्, ‘फ्लुका लक्षण छिटो ठिक हुन्छन् भन्ने सोचेको थिएँ। नभन्दै त्यस्तो भयो। मलाई विस्तारै ठिक हुँदै गयो।’
उनले भने, ‘मानिसहरु यसबाट आत्तिनु हुँदैन, यो ठिक हुने भाइरस हो।’
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस