कोरोना इरान अपडेटः थप ११३ को ज्यान गयो, मर्नेको सङ्ख्या १ हजार २ सय ९ पुग्यो
कोरोना भाइरसका कारण एकै दिनमा इरानमा थप ११३ जनाको ज्यान गएको छ । आईतवार १ हजार २ सय ९ जनामा थप सङ्क्रमण देखिएको छ । चीनमा कोरोना भाइरसको प्रभाव शून्य भइरहेको बेला इरान र इटलीमा भने यसको सङ्क्रमण बढ्दो छ ।
इरानमा कोरोना भाइरसका कारण हाल सम्म ७ सय २४ जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार ९ सय ३८ पुगेको छ । सङ्क्रमणको हिसाबले इरान विश्वकै तेस्रो बढी सङ्क्रमण भएको देश बनेको छ ।
विश्व व्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट हाल सम्म १ सय ५५ देशमा सङ्क्रमण फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस