अमेरिकामा ट्वाइलेट पेपर, स्यानीटाईजर तथा खाध्यसमाग्रीहरुको हाहाकार
भरत सुवेदी, भर्जीनीया । अमेरिका ।
विश्व व्यापी महामारीको प्रकोपको रूप लिएको नोवल कोरोना भाइरसले अमेरिकामा नराम्रो सँग प्रभाव पारेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अमेरिकाले अनिश्चित कालीन सङ्कटकाल घोषणा गरे सँगै अमेरिकाका यहाँको जीवन अस्तव्यस्त बनेको हो । राष्ट्रपति ट्रम्पले सङ्कटकाल घोषणा गरे सँगै यहाँका विभिन्न राज्यमा तयारी स्वरूप एक महिना लाई कामहरू समेत बन्द गरिएका छन् ।
विशेष गरी करारमा कार्यरत प्राय सबै कामदारहरूलाई बिदा दिइएको छ । बजारमा ट्वाइलेट पेपर, स्यानीटाईजर, मिनरलवाटर लगायतका खाध्यसमाग्रीहरुको हाहाकार मच्चिएको छ । यहाँ रहेका ग्रोसरी स्टोर हरू वाल मार्ट, जाइन्ट , टार्गेट, सेफवे ,वेग मेन लगायतमा समान अडर गर्नेको सङ्ख्या ह्वात्तै बढेको छन् भने ट्वाइलेट पेपर, स्यानीटाईजर लगायतका सामाग्री हरू पाउन छाडेका छन् ।
बजारमा कोरोना भाइरसको डरका कारण खाद्य सामाग्री पाउरोटी, पास्ता , मिनिरल वाटर लगायतका सामाग्रीहरू किनेर स्टोर गर्नेको सङ्ख्या पनि बढेको छ । ग्रोसरी स्टोरहरूमा यस्ता अत्यावश्यक सामाग्रीहरूको किनमेल गर्नेको सङ्ख्या बढे पछि यहाँ कोटा सिस्टमबाट २-२ प्याकेट मिनरलवाटर, स्यानीटाइजर बिक्री गर्न थालिएको छ ।
भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टीले स्कुल किन्डर गार्डेन अप्रिल १० सम्म बन्द गरेका छन् भने अनलाइन पढाइको समेत तयारी गरेका छन् ।
हाल अमेरिकामा ६२ जनाको ज्यान गएको छ भने १ हजार एक सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिसकेको छ ।
तर यहाँको जनतालाई मास्क लगाउन भने भनिएको छैन । मास्क लगाउन नजानेर झन् रोग फैलिन सक्ने भन्दै यस्तो निर्णय गरेको बताइएको छ । तर हात धुन तथा स्यानीटाइजर प्रयोगका लागि भने सरकारले सुझाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यसअघि कोरोना भाइरसको सङ्क्रमणलाई ‘महामारी’ घोषणा गरी सकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस