• जीवनशैली | Jiwanshaili
  • एकै दिन इटलीमा ३६८ को मृत्यु, इरानमा थप १ सय १३ र स्पेनमा ९६ ले ज्यान गुमाए, अरू देशमा कति?


    चैत ३,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस एकै दिन इटलीमा कोरोना भाइरसले ३ सय ६८ जनाको ज्यान लिएको छ । हाल सम्मचीन बाहिरमात्रै २ हजार ५ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्।

    हिजो आइतबार सम्म विश्वका १५६ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।इटलीमा ३ हजार ५ सय ९० जनामा सङ्क्रमण देखिएको छ। यो सँगै इटलीमा भाइरस सङ्क्रमितको सङ्ख्या २४ हजार ७ सय ४७ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण इटलीमा १ हजार ८ सय ९ जनाको ज्यान गइसकेको छ।

    यस्तै, इरानमा आइतबार कोरोना भाइरसका कारण थप १ सय १३ जनाको मृत्यु भएको छ। इरानमा सोही दिन १ हजार २ सय ९ जना नयाँ कोरोना भाइरसका बिरामी पहिचान गरिएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट १३ हजार ९ सय ३८ जना सङ्क्रमित भएका छन्। हालसम्म इरानमा कोरोना भाइरसबाट ७ सय २४ जनाको मृत्यु भइसकेको छ।

    आईत बार चीनमा थप १४ जनाको ज्यान गएकोे छ भने स्पेनमा थप ९६ जनाको ज्यान गएको छ । फ्रान्समा ३६ जनाको ज्यान गएको छ। यसै गरी कोरोना भाइरसका कारण जर्मनीमा २ जना दक्षिण कोरियामा ३ जना र स्विजरल्यान्डमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। युकेमा १४ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप ११ जनाको ज्यान गएको छ ।

    यस्तै, नेदरल्यान्ड्समा ८ जना , जापानमा २ जना, स्विडेन, डेनमार्कमा १र१ जनको मृत्यु भएको छ। बेल्जिएममा १, ग्रीसमा १, फिलिपिन्समा ४, हंगेरि, ग्वाटेमाला र अल्जेरियामा गरेर १-१ जनाको ज्यान गएको छ।
    यसैगरि विश्वभर भाइरसबाट ज्यान जानेको संख्या ६ हजार ५ सय १५ पुगेकाे छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस