जर्मनीले सिमानामा रहेका पाँच देशका नाका बन्द गर्याे

कोरोना भाइरसको सङ्क्रमण युरोपमा व्यापक फैलिएपछि जर्मनीले आफ्नो देशको सिमानामा रहेका पाँच देशका नाका बन्द गरेको छ । जर्मनीको आन्तरिक मामिला मन्त्रीले आइतबार सम्बोधन गर्दै आफ्नो देशको सिमाना रहेका पाँच देशका नाका बन्द गर्ने निर्णय गरेको हो ।
जर्मनीले फ्रान्स, अस्ट्रिया,स्विजरल्याण्डका सीमा नाका बन्द गर्ने घोषणा गरेको हो । यसै गरी डेनमार्क र लक्जेम्बर्गको सीमा पनि बन्द गर्ने भएको हो ।
जर्मनीमा एकै दिन १ हजार २ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । हाल सम्म ११ जनाको ज्यान गइसकेको जर्मनीमा ५ हजार ८ सय १३ कोरोना भाइरस सङ्क्रमित बिरामी रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस