जर्मनीले सिमानामा रहेका पाँच देशका नाका बन्द गर्याे
कोरोना भाइरसको सङ्क्रमण युरोपमा व्यापक फैलिएपछि जर्मनीले आफ्नो देशको सिमानामा रहेका पाँच देशका नाका बन्द गरेको छ । जर्मनीको आन्तरिक मामिला मन्त्रीले आइतबार सम्बोधन गर्दै आफ्नो देशको सिमाना रहेका पाँच देशका नाका बन्द गर्ने निर्णय गरेको हो ।
जर्मनीले फ्रान्स, अस्ट्रिया,स्विजरल्याण्डका सीमा नाका बन्द गर्ने घोषणा गरेको हो । यसै गरी डेनमार्क र लक्जेम्बर्गको सीमा पनि बन्द गर्ने भएको हो ।
जर्मनीमा एकै दिन १ हजार २ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । हाल सम्म ११ जनाको ज्यान गइसकेको जर्मनीमा ५ हजार ८ सय १३ कोरोना भाइरस सङ्क्रमित बिरामी रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस