चीनमा भन्दा इटलीमा तीन गुना कोरोना सङ्क्रमित, एकै दिन ३४९ को मृत्यु
कोरोना भाइरसले इटलीमा डरलाग्दो स्थिती सृजना गरेको छ । पछिल्लो हप्ता इटलीमा कोरोना भाइरसबाट मर्ने र सङ्क्रमित हुनेको सङ्ख्या गुणात्मक हिसाबले बढे पछि इटालीमा कोरोना भाइरसले फरक स्वरूप लिएको हो । मार्च १६ सम्म को आँकडा अनुसार चीनमा भन्दा इटलीमा तीन गुना कोरोना भाइरस सङ्क्रमित देखिएको हो ।
चीनमा हाल ८ हजार कोरोना सङ्क्रमित मात्रै उपचाररत छन् भने इटलीमा भने यो सङ्ख्या २४ हजारको हाराहारीमा देखिएको छ । सोमबार मात्रै इटलीमा ३४९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ३३ जना नयाँ भाइरस सङ्क्रमित थपिएका छन् । चीनमा भाइरसकाे मृत्यु दर पछिल्लो हप्ता निक्कै घटेको छ । सोमबार चीनमा थप १३ जनाको मात्रै मृत्यु भएको छ भने २१ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस