चीनमा भन्दा इटलीमा तीन गुना कोरोना सङ्क्रमित, एकै दिन ३४९ को मृत्यु

कोरोना भाइरसले इटलीमा डरलाग्दो स्थिती सृजना गरेको छ । पछिल्लो हप्ता इटलीमा कोरोना भाइरसबाट मर्ने र सङ्क्रमित हुनेको सङ्ख्या गुणात्मक हिसाबले बढे पछि इटालीमा कोरोना भाइरसले फरक स्वरूप लिएको हो । मार्च १६ सम्म को आँकडा अनुसार चीनमा भन्दा इटलीमा तीन गुना कोरोना भाइरस सङ्क्रमित देखिएको हो ।
चीनमा हाल ८ हजार कोरोना सङ्क्रमित मात्रै उपचाररत छन् भने इटलीमा भने यो सङ्ख्या २४ हजारको हाराहारीमा देखिएको छ । सोमबार मात्रै इटलीमा ३४९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ३३ जना नयाँ भाइरस सङ्क्रमित थपिएका छन् । चीनमा भाइरसकाे मृत्यु दर पछिल्लो हप्ता निक्कै घटेको छ । सोमबार चीनमा थप १३ जनाको मात्रै मृत्यु भएको छ भने २१ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस