हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोभिड-१९ बाट संक्रमित
एजेन्सी- चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन्। उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छन्।
हलिउडमा कर्लेन्को बाहेक दुई दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडाका प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगेलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। हाल उनीहरु उपचाररत छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस