भारतमा कोरोनाले थप एकको ज्यान लियो, मृत्यु हुनेको संख्या तीन पुग्यो
मुम्बइ– कोरोनाभाइरसका कारण भारतमा थप एकको ज्यान गएकोछ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरसबाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ ।
भारतमा कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएका छ । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । यी मध्ये एक कर्नाटक, एकजना दिल्ली र एकजनाको मृत्यु महाराष्ट्रमा भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस