• जीवनशैली | Jiwanshaili
  • एकै दिन इटलीमा ३४५ को मृत्यु, अमेरिकामा २३ र इरानमा १३५ काे ज्यान गयाे


    चैत ५,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसले एकै दिन इटलीमा ३ सय ४५ जनाको ज्यान लिएको छ। हिजो मंगलबारसम्म विश्वका १६५ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। इटलीमा ३ हजार ५ सय २६ जनामा सङ्क्रमण देखिएको छ। यो सँगै इटलीमा भाइरस सङ्क्रमितको सङ्ख्या ३१ हजार ५ सय ६ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण इटलीमा २ हजार ५ सय ३ जनाको ज्यान गइसकेको छ।

    यस्तै, इरानमा मंगलबार कोरोना भाइरसका कारण थप १ सय ३५ जनाको मृत्यु भएको छ। इरानमा सोही दिन १ हजार १ सय ७८ जना नयाँ कोरोना भाइरसका बिरामी पहिचान गरिएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट १६ हजार १ सय ६९ जना सङ्क्रमित भएका छन्। हालसम्म इरानमा कोरोना भाइरसबाट ९ सय ८८ जनाको मृत्यु भइसकेको छ।

    मंगलबार मात्र स्पेनमा थप १ सय ९१ जनाको ज्यान गएको छ। फ्रान्समा २७ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा ९ जना दक्षिण कोरियामा ६ जना र स्विजरल्यान्डमा ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। युकेमा १६ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप २३ जनाको ज्यान गएको छ ।

    यस्तै, नेदरल्यान्ड्समा १९ जना , जापानमा, स्विडेन, अष्ट्रिया, ग्रीसमा १/१ जनको मृत्यु भएको छ। मलयसियामा २ र क्यानडामा ४, सान म्यारिनोमा २, पोल्यान्डमा १ र यजिप्टमा ४ जनाको ज्यान गएको छ। यसैगरि इराक, इन्डिया र लेबनान, अल्जेरिया मोरोक्को, युक्रेनमा १/१ जनाको ज्यान गएको छ।

    यस्तै, टर्की र ब्राजिलमा भने पहिलो पटक १/१ जनाको मृत्यु भएको छ। यसैगरि विश्वभर भाइरसबाट ज्यान जानेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस