चीनमा कोरोनाले सम्बन्ध विच्छेद बढायो
एजेन्सी- चीनमा कोरोना भाइरसको प्रकोप लगभग सकिएको छ। तर यहाँ सम्बन्ध विच्छेदको दरमा ह्वात्तै वृद्धि भएको देखिन्छ। चीनमा सम्बन्ध विच्छेद दर एक्कासी बढ्नुको कारण चिनियाँ जोडीहरूले घरमा धेरै समय सँगै बिताइरहेको र उनीहरुमा व्यक्तित्व पृथकताले सम्बन्ध टुटेको एक रिपोर्टले जनाएको छ।
चीनको सिचुआन प्रान्तमा एक महिनामा ३०० भन्दा बढी जोडीले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका छन्। रिपोर्टका अनुसार, अधिकांश व्यक्तिहरू कोरोना भाइरसको कारण घरमा कैद भएका छन्। यस कारण श्रीमान र श्रीमतीबीच झगडाका घटनाहरु बढ्दै छन्। यसले गर्दा उनीहरू बीच सम्बन्ध विच्छेद हुने गरेको छ।
डाझोऊ क्षेत्रका विवाह दर्ता प्रबन्धक लू शिजुनले सयौं जोडीले आफ्नो सम्बन्ध बिच्छेद गर्ने विचार गरिरहेको जानकारी दिए। हालसम्म सम्बन्ध विच्छेदको लागि ठूलो संख्यामा निवेदन दर्ता गरिएको छ। उनले भने, ‘क्वारेन्टाइन बस्दा पति र पत्नीले घरमै निकट रुपले क्वारेन्टाइन बसिरहेका छन्। यसबीचमा उनीहरु एकअर्कासंग धेरै समय बिताइरहेका छन्। जसले गर्दा सम्बन्ध विच्छेदका घटना बढिरहेको हुन सक्छ।’
विश्वभर कोरोना भाइरसको संक्रमण १ सय ६६ देशमा फैलिएको छ। चीनको वुहानबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ३७ रहेको छ। कोरोना संक्रमितको संख्या ८० हजार ८ सय ९४ रहेका छ। भने निको भएर घर फर्कनेको संख्या ६९ हजार ६ सय १६ जना रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस