चीनमा कोरोनाले सम्बन्ध विच्छेद बढायो

एजेन्सी- चीनमा कोरोना भाइरसको प्रकोप लगभग सकिएको छ। तर यहाँ सम्बन्ध विच्छेदको दरमा ह्वात्तै वृद्धि भएको देखिन्छ। चीनमा सम्बन्ध विच्छेद दर एक्कासी बढ्नुको कारण चिनियाँ जोडीहरूले घरमा धेरै समय सँगै बिताइरहेको र उनीहरुमा व्यक्तित्व पृथकताले सम्बन्ध टुटेको एक रिपोर्टले जनाएको छ।
चीनको सिचुआन प्रान्तमा एक महिनामा ३०० भन्दा बढी जोडीले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका छन्। रिपोर्टका अनुसार, अधिकांश व्यक्तिहरू कोरोना भाइरसको कारण घरमा कैद भएका छन्। यस कारण श्रीमान र श्रीमतीबीच झगडाका घटनाहरु बढ्दै छन्। यसले गर्दा उनीहरू बीच सम्बन्ध विच्छेद हुने गरेको छ।
डाझोऊ क्षेत्रका विवाह दर्ता प्रबन्धक लू शिजुनले सयौं जोडीले आफ्नो सम्बन्ध बिच्छेद गर्ने विचार गरिरहेको जानकारी दिए। हालसम्म सम्बन्ध विच्छेदको लागि ठूलो संख्यामा निवेदन दर्ता गरिएको छ। उनले भने, ‘क्वारेन्टाइन बस्दा पति र पत्नीले घरमै निकट रुपले क्वारेन्टाइन बसिरहेका छन्। यसबीचमा उनीहरु एकअर्कासंग धेरै समय बिताइरहेका छन्। जसले गर्दा सम्बन्ध विच्छेदका घटना बढिरहेको हुन सक्छ।’
विश्वभर कोरोना भाइरसको संक्रमण १ सय ६६ देशमा फैलिएको छ। चीनको वुहानबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ३७ रहेको छ। कोरोना संक्रमितको संख्या ८० हजार ८ सय ९४ रहेका छ। भने निको भएर घर फर्कनेको संख्या ६९ हजार ६ सय १६ जना रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस