दक्षिण कोरियामा कोरोना सङ्क्रमित विदेशी ६०ः नेपाली सुरक्षित

दक्षिण कोरियामा कोभिड– १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन् ।
त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना सङ्क्रमित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ । हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को सङ्क्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताउनुभयो । कोरियामा कोभिड–१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार १६२ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस