कोरोना भाइरसका कारण संसारभर मृत्यु हुनेको सङ्ख्या ८ हजार नाघ्यो
चैत्र ५ , २०७६ ।
विश्वव्यापी महामारी घोषणा गरिएको नोवल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । बुधवार सम्म आइपुग्दा नोवल कोरोना भाइरसका कारण ८ हजार २ सय २७ जनाको ज्यान गएको हो । हाल सम्म विश्वका १६९ देश तथा अधीनस्थ क्षेत्र र एक पानी जहाजमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित चीन भए पनि पछिल्लो समय युरोपमा महामारी नियन्त्रण भन्दा बाहिर गइरहेको पाइन्छ । पछिल्लो एक हप्तामै २ हजार भन्दा बढी मानिसको ज्यान गईसको छ भने हजारौँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
हाल सम्म विश्व व्यापीरुपमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख नाघेको छ । हाल सम्म विश्वभरका २ लाख ३ हजार ६१७ जनामा कोरोना भाइरस सकारात्मक देखिएको छ । त्यस मध्ये आधा भन्दा बढी निको भएर घर फर्किसकेका छन् भने १ लाख १२ हजार बिरामी उपचाररत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस