एकै दिन इटलीमा ४७५ , अमेरिकामा ४२ र इरानमा १४७ को मृत्यु
चैत ६,२०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड-१९ ले इटलीमा उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ४ सय ७५ जनाको ज्यान लिएको छ। हिजो बुधबारसम्म विश्वका १७३ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ८ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ। भने २ लाख १८ हजार ७ सय ६८ जना संक्रमित छन्।
यस्तै, इरानमा बुधबार कोरोना भाइरसका कारण थप १ सय ४७ जनाको मृत्यु भएको छ। भने
स्पेनमा थप १ सय ५ जना र फ्रान्समा ८९ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा २ जना दक्षिण कोरियामा ३ जना र स्विजरल्यान्डमा ६ जनाको मृत्यु भएको छ। युकेमा ३३ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप ४२ जनाको ज्यान गएको छ ।
यस्तै, नेदरल्यान्ड्समा १५ जना, नर्वेमा ३, बेल्जियममा ४, स्विडेनमा २ ब्राजिलमा ३ जनाको कोभिड -१९ बाट ज्यान गएको छ। यसैगरि, क्यानडा, पोर्चुगल, अष्ट्रेलियामा १/१ जनाको मृत्यु भएको छ। भने पाकिस्तानमा २, इन्डोनेसियामा १२ र फिलिपिन्समा ३ जनाको ज्यान गएको छ।
त्यस्तै, लजमबर्ग, टर्की, इक्वयडर, इराक अल्बानियामा १/१ जनाको मृत्यु भएको छ। सान मेरिनोमा ३, अल्जेरियामा २, डोमिनिकन रिपब्लिकमा १ जनाको ज्यान गएको छ। भने, कोष्टारिका, मोल्डोभा, बुर्किना फासिनो, जमाइका, बंगलादेश, कुवामा १/१ जनको पहिलो पटक कोरोना भाइरसका कारण ज्यान गएको छ। यसबाट विश्वभर बुधबार एकै दिन मर्नेको संख्या ९६६ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस