कोरोनाभाइरस संक्रमण भएको शङ्कामा पिटेर मारियो

दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस संक्रमण भएको शङ्कामा पिटेर मारिएको छ। शङ्काको भरमा स्तानीय बासीन्दाका केही युवा समूहले मृतकलाई पिटेका हुन ।
अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९ बजे कुटिएको थियो।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको स्थानीय प्रहरी प्रमुख नेहेमिया बिटोकले बताए ।
केन्यामा हालसम्म सात जना कोरोना सङ्क्रमित भएका छन्। यस महामारीसँग लड्न केन्याले पर्यटकलाई यात्रा गर्न प्रतिबन्ध, शैक्षिक संस्था बन्द र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस