कोरोनाभाइरस संक्रमण भएको शङ्कामा पिटेर मारियो
दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस संक्रमण भएको शङ्कामा पिटेर मारिएको छ। शङ्काको भरमा स्तानीय बासीन्दाका केही युवा समूहले मृतकलाई पिटेका हुन ।
अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९ बजे कुटिएको थियो।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको स्थानीय प्रहरी प्रमुख नेहेमिया बिटोकले बताए ।
केन्यामा हालसम्म सात जना कोरोना सङ्क्रमित भएका छन्। यस महामारीसँग लड्न केन्याले पर्यटकलाई यात्रा गर्न प्रतिबन्ध, शैक्षिक संस्था बन्द र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस