• जीवनशैली | Jiwanshaili
  • कोरोनाबाट बच्न गोमुत्र सेवन गरेपछि भारतमा एक जना बिरामी


    भारतको पश्चिम बंगाल राज्यमा गोमुत्र सेवन गर्दा एक जना बिरामी भएपछि प्रहरीले सत्तारुढ दलका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
    सत्तारुढ भारतीय जनता पार्टीका समर्थकहरुले गोमुत्र सेवन गर्दा कोरोनाबाट बच्न सकिन्छ भनि व्यापक प्रचार गरेपछि सोहि दलका कार्यकर्ताले पश्चिम बंगालको कोलकातामा गोमुत्र सेवनको कार्यक्रम आयोजना गरेका थिए ।

    गोमुत्र सेवन गरेर देखाउने क्रममा एक स्वयंसेवक बिरामी परेपछि तिनै स्वयंसेवकको उजुरीमा प्रहरीले अयोजक भाजपा कार्यकतालाई पक्राउ गरेको हो
    कोरोना भाइरसले विश्वनै आतंकित भइरहेको बेलामा भाजपा कार्यकर्ताले गोमूत्र सेवन गरेर कोरोना भाइरसबाट बच्न सकिने र पहिले नै संक्रमितहरूलाई पनि निको पार्ने दाबी गरेका थिए। गोमूत्रको सेवन पछि एक स्वयम्सेवक बिरामी भए पछि मंगलबार भाजपा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छन्।

    प्रहरीका अनुसार उत्तर कोलकाताको जोरासाखो क्षेत्रका स्थानीय पार्टीको ४० वर्षीय कार्यकर्ता –नारायण चटर्जी, सोमबार गो पूजा कार्यक्रममा गोमूत्र वितरण गरेका थए। अरूलाई गोमूत्र दिने क्रममा उनले यसका ’चमत्कारिक’ गुणहरू भएको उल्लेख गरेका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस