• जीवनशैली | Jiwanshaili
  • इटालीमा ६२७, अमेरिकामा ५० र भारतमा थप १ जनाको मृत्यु, १८५ देश तथा क्षेत्रहरुमा संक्रमण


    चैत ८,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले इटलीमा दिनप्रतिदिन उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ६ सय २७ जनाको ज्यान लिएको छ। हिजो शुक्रबारसम्म विश्वका १८५ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ११ हजार ३ सय ८४५ जनाको मृत्यु भएको छ। भने २ लाख ७५ हजार ४ सय ९१ जना संक्रमित छन्।

    यस्तै, चीनमा शुक्रबार ७ जनाको ज्यान गएको छ भने ४१ जना नयाँ संक्रमित भेटिएका छन्। इरानमा शुक्रबार कोरोना भाइरसका कारण थप १ सय ४९ जनाको मृत्यु भएको छ। भने स्पेनमा थप २ सय ६२ जना र फ्रान्समा ७८ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा २४ जना, दक्षिण कोरियामा ३ जना र स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ। युकेमा ३३ जनाको मृत्यु भएको छ भने अमेरिकामा थप ५० जनाको ज्यान गएको छ।

    यस्तै, नेदरल्यान्ड्समा ३० जना, बेल्जियममा १६, स्विडेनमा ५, डेनमार्कमा ३, मलयसियामा १ जनाको मृत्यु भएको छ। यसैगरि, ब्राजिलमा ४ जना, डाइमण्ड प्रिन्सेसमा १, टर्कीमा ५, पाकिस्तानमा १, ग्रीसमा ४, लजम्बर्गमा १ जनाको कोभिड-१९ बाट ज्यान गएको छ। भने इक्वयडरमा ४, इन्डोनेसियामा ७ इजिप्टमा १, पेरुमा ३, इन्डियामा १, फिलिपिन्समा १, इराकमा ४ जनाको मृत्यु भएको छ।

    त्यस्तै, ताइवानमा १, कोस्टारिकामा १, अल्जेरिमा २, मोरोक्कोमा १, हंगरीमा ३ जनाको ज्यान गएको छ। यसैगरि गाबोन, इज्रायल, सर्बियामा १/१ जनाको र युएईमा २ जनाको मृत्यु भएको छ। यी चार देशमा मृत्यु भएको पहिलो पटक हो।

    विश्वभर शुक्रबार एकै दिन मर्नेको संख्या १ हजार ३ सय ५३ पुगेको छ। भने १८५ देश तथा क्षेत्रहरुमा संक्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस