कोरोनामा चीनलाई उछिन्ने यी ७ देश (सुची सहित)

विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको कोभिड -१९ को सङ्क्रमित चीन भन्दा बाहिर ह्वात्तै बढेको छ । शनिवार सम्म चीन लाई अन्य ७ देशले उछिनेका हुन् । उपचाररत कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्क लाई हेर्ने हो भने चीनमा हाल ६ हजार १३ जना मात्रै उपचाररत छन् । यस हिसाबले हेर्ने हो भने चीन लाइ इटाली, स्पेन, इरान,दक्षिण कोरिया,अमेरिका, जर्मनी र फ्रान्सले उछिनेका हुन् ।
शनिवार सम्म सबै भन्दा बढी कोरोना सकारात्मक देखिएकोमा इटली रहेको छ । यहाँ हाल ३७ हजार ८ सय ६० जना बिरामी उपचाररत छन् ।यसै गरी स्पेनमा १८ हजार ८ सय ९०, अमेरिकामा १९ हजार ३ सय ५२, जर्मनीमा १९ हजार ६ सय,इरानमा ११ हजार ४ सय ६६ जना बिरामी उपचार छन् । यस्तै दक्षिण कोरियामा ६ हजार ८५ र फ्रान्समा १० हजार ५ सय ७५ जनामा कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको छ ।
विश्व व्यापी महामारीको रुपलिएको कोरोना भाइरस बाट हाल सम्म ११ हजार ४ सय ३० जनाको मृत्यु भइसकेको छ भने एक लाख ७३ हजार भन्दा बढी उपचाररत छन्।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस