सामान नथुपार्न गरिएको आग्रहको अवज्ञा गर्दै डिपार्टमेन्टल स्टोरमा सामान किन्नेको भीड
इटालीमा झण्डै तीन हप्तासम्म लकडाउन हुँदा पनि आवश्यक सामाग्री अभाव भएको छैन । त्यसको कारण त्यहाँका मानिस गर्वसाथ भन्छन् । हामीले अनावश्यक सामान जोहो गरेनौ । आवश्यक समान मात्र किन्यौ जसले गर्दा सबैलाई समान पुग्यो । अमेरिकामा भने त्यस्तो भएको छैन । डिपार्टमेन्टल स्टाेर खाली हुँदै गरेका समाचार आएका छन् ।
सरकारले आंशिक लकडाउन गरेको भोलिपल्ट शनिबार काठमाडौका डिपार्टमेन्टल पसलहरुमा हेर्दा हामी इटाली होइन, अमेरिकालाई पछ्याइरहेका देखिन्छौ ।
सरकारले पटक पटक भन्दै छ आवश्यक सामानको आपूर्ति रोकिँदैन । सिमामा आवत जावतमा रोक लागे पनि आवश्यक सामाग्रीको आयात निरन्तर रहन्छ । देशका नागरिकको जिम्मा लिने सरकारले हो र सरकार जिम्मा लिन तयार रहेको बताउँदै छ । तर आम मानिस भने समान्य मानवियतालाई पनि ख्याल नगरी अनावश्यक सामान थुपार्न लगि परेका छन् ।
पैसा धेरै हुनेले त चाहिने जति सामान थुपार्लान । पैसा नहुनेले कसरी थुपार्ने । दैनिक सामान किनेर खाने पनि ठुलो संख्या छ शहरमा । पैसा हुनेले सामान थुपार्दा उनीहरु जत्तिकै नागरिक अधिकार भएका अरु नागरिकले अभाव खेप्नु पर्ने हुन सक्छ ।
काठमाण्डौ उपत्यकाका भाटभटेनी,सेल्सवेरी लगाएतका ग्रोसरी स्टोर हरुमा दैनिक उपभोग्य सामाग्री किन्नेको भिड लागेको हो । सरसफाइका सामाग्री, ह्याण्ड बास, स्यानीटाइजर संगसंगै , दैनिक उपभोग्य सामाग्रीहरु चाउचाउ विस्कुट, दाल चामल, तेल चीनी लगायतका सामाग्रीहरुको माग ह्वात्तै बढेको ब्यावसायी बताउँछन् ।
उपभोक्ता घरमा बालबालिका छन् उनीहरुको लागि आवश्यक पर्ने, दुध, पौष्टिक खाध्य सामाग्री, डाइपर, टुथ ब्रस, मन्जन, साबुन, स्याम्पु, लगायतका सरसफाइका सामाग्रीहरुको जोहो गरेको बताउँछन् ।
पछिल्लो एक हप्तामा ग्रोसरी आइटमको माग ह्वात्तै बढेको ब्यावसायीहरु बताउछन् ।
हाम्रो टिम विभिन्न स्टोरहरुमा जाँदा यस्तो देखियो । हेर्नुहोस जस्ताको तस्तै ।











क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस