कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु
बेलायतमा कोरोना भाइरसका कारण एक पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको हो ।
उनको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।समाचारमा जनाइएअनुसार मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र सांझ ८ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
निधनको तीन दिनपछिमात्र अस्पतालले राईको परिवारलाई सम्पर्क गरी उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।कोरोना भाइरसका कारण राईको मृत्यु भएको पुष्टि भएसँगै उनको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस